प्रभु बैंकको नाफा २ अर्ब ३ करोड, शतप्रतिशत वृद्धि |
काठमाडौं । प्रभु बैंकले खुद नाफामा छलाङ मारेको छ । अघिल्लो बर्ष ९६ करोड ७० लाख नाफा गरेको बैंकले यसपाली २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । यो शत प्रतिशतभन्दा माथि हो ।
बैंकले ब्यापार बिस्तार गरेर खुद आम्दानीमा उच्च सुधार गरेको छ । बैंकले ७३ अर्बको ऋणलाई ८६ अर्ब पुर्याएको छ । साथै ९७ अर्बको निक्षेपलाई १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएको छ ।
ब्यापार विस्तारका लागि चाहिने स्रोत जुटाएर बैंकले नाफा वृद्धि गरेको हो । बैंकले केही पुराना डुबेका ऋण पनि यो अवधिमा उठाएको छ । पछिल्लो तीन महिनामा मात्रै बैंकक नाफा ५९ करोड ८३ लाख रुपैयाँले बढेको छ ।
बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । बैंकको ब्याज स्प्रेड भने केही माथि छ । बैंकले ४.७ प्रतिशतको स्प्रेडमा काम गरेको छ । बैंकको आधार दर घटेर ९.३६ प्रतिशतमा आइसकेको छ ।