न्युजिल्याण्डको एनआरएन अध्यक्षमा लाल बहादुर केसी निर्वाचित |

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डको भर्खरै सम्पन्न निर्वाचनबाट लालबादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी घनश्याम सापकोटालाई पराजित गरेका हुन्। निर्वाचनमा लालबहादुरले ९ सय ३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सापकोटाले ४ सय ८६ मत ल्याएका थिए ।
यस्तै, उपाध्यक्षमा बलकुमार गोले र उद्धवप्रसाद अधिकारी निर्वाचित भएका छन्। यस्तै महिला उपाध्यक्षमा भने भावना नेपाल निर्वाचित भएकी छिन्। उनले नारायणी तिवारीलाई पराजित गरेकी हुन् ।
यस्तै संघका महासचिवमा दयानिधि गौतमले बाजी मारेका छन्। उनले कुलराज घिमिरेलाई हराएका थिए। संघको दुई जना सचिवमा क्रमशस् नारद कुँवर र प्रदीप रुपाखेती विजयी भए भने कोषाध्यक्षमा विपन भण्डारी र सहकोषाध्यक्षमा कमल (नरहरी) बसेल निर्वाचित भए ।
यस्तै, संघमार्फत् आइसीसी सदस्यमा विशाल सापकोटा विजयी भएका छन्। संघको केन्द्रीय सदस्यहरूमा अप्रील अर्याल, अशोक कुमार श्रेष्ठ, विष्णु विक्रम शाही,विष्णु कुमार बस्नेत, चन्द्र शर्मा पौडेल, निगबार घिसिङ, पाण्डवसिंह पाख्रीन,राजेन्द्र पाण्डे, सचि थापा र सुमना केसी श्रेष्ठ विजयी भएको निर्वाचन समितिकी प्रमुख बबिता श्रेष्ठले बताइन् ।
निर्वाचन सम्पन्न गर्न एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारी, आइसीसी सदस्य होम पाण्डे र बबिता श्रेष्ठको टोलीले विशेष भूमिका निर्वाह गरेका थियो ।
अनलाइन र प्रत्यक्ष मतदानद्वारा गराइएको निर्वाचनमा विजेताहरूलाई एनआरएन ओसेनिया संयोजक धर्म अधिकारीले बधाइ दिँदै समाज सेवा गर्ने कुरामा हार र जितको भावनाले नभइ मित्रताको आधारमा अगाडि बढनुपर्ने धारणा व्यक्त गरे ।