एनएमबी लघुवित्तको कमाई ६ करोड माथि |
काठमाडौं । एनएमबी बैंकको सहायक कम्पनी एनएमबी लघुवित्त वित्तीय सस्थाले चालु आवको चौथो त्रैमासमा ६ करोड ९ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।
चौथो त्रैमासमा कम्पनीको चुक्तापूँजी १६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा कोषमा १४ करो ३३ लाख रुपैयाँ जम्मा गरेको छ भने ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ५९ बाट घटेर २ दशमलव शून्य २ प्रतिशतमा झरेको छ ।
असार मसान्तसम्म कम्पनीले ५४ ओटा जिल्लामा १ सय ओटा शाखा तथा उपशाखा खोलि ९७ हजार २९७ विपन्न परिवारलाई लघुवित्त सेवा दिइरहेको छ ।