आईएमई मोटर्स र गरिमा विकास बैंकबीच सम्झौता, गाडी खरिदमा ७० प्रतिशतसम्म कर्जा |

काठमाडौं । आईएमई मोटर्स र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस भई आएका ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा सुविधा पाउने भएको छ ।