अशोक लेलैण्ड र आईसीएफसी फाइनान्स बिच सम्झौता |

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आईसीएफसी फाइनान्स लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आईसीएफसी फाइनान्स लिमिटेडबाट कर्जा सुविधा पाउने भएका छन् ।