कृषि विकास बैंकद्वारा ३८४ जना कर्मचारी माग, अनलाइनबाट फारम भर्न सकिने |
काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा गरेर ३८४ जना कर्मचारी माग गरेको छ । बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सुर्खेत केन्द्रका लागि ४२ जना सहायक स्तरका कर्मचारी माग गरेको छ । भैरहवामा १०० जना, विराटनगरमा ५४ जना कर्मचारी माग गरेको छ । प्रशासन लेखामा चार तहमा कर्मचारी माग गरिएको हो । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ ।
बैंकले पाँच तहमा ओभरसियरमा पनि कर्मचारी माग गरेको छ । पाँच जना कर्मचारी माग गरिएको छ। पाँचौ तहमा एमआईएस सहायक १३ र ब्यवसाय सहायक १०७ जना माग गरिएको छ ।
सातौं तह बरिष्ठ इन्जिनियर (आईटी) मा २० जना माग गरिएको छ भने चार्टर्ड एकाउन्टेन्ट २२ जना माग गरिएको छ । नौं तह वरिष्ठ शाखा प्रमुखमा ८ जना कर्मचारी माग गरिएको छ । इच्छुकले साउन २० गतेभित्र आवेदन दिइसक्नु पर्छ । बैंकको वेवसाइटमा गएर अनलाइनबाटै फारम भर्न सकिन्छ । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि १००० रुपैयाँसम्म तोकिएको छ ।