नेपाल टेलिकमको ल्याण्ड लाइन फोनको मासिक शुल्क घट्यो, २२ सयको सट्टा १६ सय ३५ रुपैयाँ |
काठमाडौं । सरकारले लागू गरेको आर्थिक विधेयक २०७६को दफा १४ (१) मा व्यवस्था भए अनुसार कम्पनीले टेलिकमको ल्याण्डलाइन र पोष्टपेड सेवामा लिँदै आएको स्वामित्व शूल्क घटाइएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
सरकारको निति अनुसार साउन एक गतेदेखि लागू हुने गरी कम्पनीले ग्राहकलाई टेलिकमको दुईवटै सेवामा लाग्ने स्वामित्व शूल्क घटाएको छ । यसो हुँदा ग्राहकलाई सेवा लिन सहज हुनका साथै कम्पनीको सेवाग्राही संख्या थप बढ्ने कम्पनीको बिश्वास छ ।
यसअघि ग्राहकले ल्याण्डलाइन टेलिफोन प्रयोगका लागि बुझाउँदै आएको २२ सय रुपैयाँ शूल्कमा छ सय ३५ रुपयाँ घटेर १६ सय ३५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी पोष्टपेड प्रयोगका लागि बुझाउँदै आएको १५ सय १० रुपैयाँ शूल्कमा पाँच सय ६५ रुपैयाँ घटेर नौ सय ४५ रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ ।
सरकारले तयार पारेको विधेयक अनुसार टेलिफोन नामसारी शूल्क पाँच सय ६५ रुपैयाँले घटेको कम्पनीले उल्लेख गरेको छ । साउन एक गतेदेखि लागू हुने गरी टेलिफोन नामसारी शूल्क छ सय ७८ रुपैयाँ कायम गरिएको छ ।
कम्पनीका अनुसार यस अघि टेलिफोन नामसारी शूल्क १२ सय ४३ रुपैयाँ निर्धारण गरिएको थियो ।