चेम्बरद्वारा निकासीमा सर्टिफिकेट अफ ओरिजिनको अनलाईन सेवा शुरु |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र ( सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईनका माध्यण्मबाट जारी हुने व्यवसथा गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरे । यसबाट निकासी प्रर्बद्धनको क्षेत्र अर्को युगमा प्रवेश भएको छ । यसबाट निकासी व्यापार क्रमशः डिजीटाइजेसन युगमा प्रवेश गर्दै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा लिएको छ ।
सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा सो नियमनमा बसी जारी हुने आशा एवं विश्वास व्यक्त गरे । साथै यो प्रणाली भाद्र १ गतेदेखि पूर्ण रुपमा लागू हुने, निकासीको महत्वपूर्ण दस्ताबेज भएकोले कति मूल्यमा कुन अवधिमा निकासी भयो आदी जस्ता विषयको अनुगमन गर्न सजिलो हुने बताए । नेपाल राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य बैंक सबै निकासीको क्षेत्रमा डिजिटल युुगमा प्रवेश गरिसकेको सन्र्दभ र युन ईस्क्याप र विश्व व्यापार संगठनले समेत पेपर लेस व्यापारमा आउन अभिप्रेरित गरेको सन्र्दभमा यस व्यवस्थाले ठूलो महत्व राख्ने उनले बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमि डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाईन सर्टिफिकेट अफ ओरिजिलनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताए । उनले मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताउँदै यसबाट लागत घट्ने र समयको बचत भई प्रभावकारितामा वृद्धि हुने बताए । चेम्बरले आउदा दिनमा यस्तै निकासीकर्ता सरोकारवालाहरु यसको उपयोग र उपयोगीताबारे तालिमको आयोजना गरी बढी भन्दा बढी निर्यातकर्तालाई छिटोभन्दा छिटो यस प्रणालीमा आबद्ध गर्ने योजना रहेको उल्लेख गरे ।
उक्त अवसरमा मण्डला सिस्टमका विप्लबमान सिंहले अनलाईन सफ्टवेयरको प्रयोग, उपयोगिता र सञ्चालन पद्दतिबारे जानकारी दिए ।
सो अवसरमा उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक, चेम्बरका पदाधिकारीहरु, निकासीकर्ताहरु र सरोकारवालाहरुको उपस्थिती थियो ।