एनआईसी एशियाको चार अर्ब ४० करोडको ऋणपत्र आजदेखि निष्कासन, १०.२५५ प्रतिशत ब्याज |
काठमाडौं । एनआईसी एशिया बैंकले आजदेखि चार अर्ब ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले ४४ लाख कित्तामध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । बैंकले पहिलो चरणमा साउन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा भदौ तीन गतेसम्म निष्कासन गर्नेछ ।
सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २२ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ। आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ ।
बैंकले १०.२५ प्रतिशत व्याजदरमा सात वर्षको लागि ऋणपत्र निष्कासन गरेको हो । बैंकले अर्धवार्षिक रुपमा तोकिएको व्याज भुक्तानी गर्नेछ। बैंकको यो पाँचौं ऋणपत्र हो । बैंकले अहिलेसम्म निष्कासन गरेका सम्पुर्ण ऋणपत्र बिक्री गर्न सफल भएको छ ।
अहिले निष्कासन भएको ऋणपत्रसहित बैंकसँग १२ अर्ब १३ करोड रुपैयाँको ऋणपत्र हुनेछ । यस अगाडि बैंकले सबैभन्दा महंगो ऋणपत्र निष्कासन गरेको थियो । बैंकले ११ प्रतिशतमा एनआईसी एशिया डिवेन्चर २०८२र८३ निष्कासन गरेको थियो ।
निक्षेप तथा कर्जा लगानीमा आक्रमक रहेको एनआईसी एशियाले आफ्नो दायरा थप बढाउन ऋणपत्र निष्कासन गरिरहेको छ ।