सनराइज बैंकको ऋणपत्र सूचीकृत |
काठमाडौं । सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकृत भएको छ । विहीबार नेपाल स्टक एक्सचेन्ज र सनराइजबीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य १००० रुपैयाँ कायम भएको सन्राइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
सो सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि। का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका थिए ।