सिटिजन्स बैंकको नाफा २१ प्रतिशतले बढेर डेढ अर्ब पुग्यो |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले २१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेको बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ५० करोड २८ लाख रुपैयाँ फि, कमिसनबाट मात्रै आर्जन गरेको छ ।
बैंकले ३.८४ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको जनाएको छ । जबकी राष्ट्र बैंकले साढे चार प्रतिशतसम्म काम गर्न छुट दिएको छ । बैंकको पूँजी कोष अनुपात १३ प्रतशित माथि छ भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा केही बढि छ ।
बैंकको आधार दर भने केही महँगो छ । बैंकको आधार दर १०.५२ प्रतिशत छ । बैंकको प्रति शेयर आम्दानी करिव १८ रुपैयाँको हाराहारी छ ।