राष्ट्र बैंकले नेप्सेको १७ लाख कित्ता शेयर बेच्ने, गर्यो टेन्डर आह्वान |

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को शेयर बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले शेयर बेच्नका लागि आज टेन्डर आह्वान गरेको छ ।
राष्ट्र बैंकले प्रतिशेयर न्यूनतम् १०३२ रुपैयाँका दरले १७ लाख २९ हजार ९८९ कित्ता शेयर बिक्री गर्न लागेको हो। तर, खरिदकर्ताले सोभन्दा बढी मूल्य कबुल गर्नुपर्ने छ ।
नेप्सेको शेयर किन्न चाहनेले भदौ २ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । शेयर खरिदकर्ता बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्था हुनुपर्ने छ । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र ब्रोकरको ०.६२ प्रतिशत शेयर हिस्सा रहेको छ ।
