वर्षाको कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो, बेपत्ता ३० घाईते ३८ |
काठमाडौं । अविरल बर्षाका कारण ज्यान गुमाउनेको संख्या ६५ जना पुगेको छ । ५ दिन सम्म लगातार परेको पानीका कारण आएको बाढी पहिरोमा परी ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीका अनुसार बिहीबार देखी सोमबार बिहानसम्ममा ६५ जनाले ज्यान गुमाईसकेको छ । जसमा २४ महिला र ४१ पुरुष रहेका छन् । त्यस्तै बेपत्ताको संख्या ३० जना पुगेका छ भने घाईतेको संख्या ३८ जना पुगेको छ ।
वेपत्ता हुनेमा १२ जना महिला रहेका छन् भने १८ जना पुरुष रहेका छन् । त्यस्तै घाईते हुनेमा १७ महिला र २१ पुरुष रहेका छन् । नेपाल प्रहरीले डुवानमा परेका ११ सय ४ जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्यका लागि काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश १ का लागि ६ हजार ३ सय ५, प्रदेश २ का लागि ५ हजार ७ सय २, प्रदेश ३ का लागि ३ हजार ४ सय ५ र ६ प्रदेशका लागि ३ हजार १ ससय १२ जना प्रहरी कर्मचारी खटाएको बताइएको छ । हाल सम्ममा १४ सय ४६ जनाको सकुशल उद्धार गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।