विश्व बैंकको प्रवन्ध निर्देशकमा एसबीआई बैंककी अंशुला कान्त नियुक्त, ३५ वर्षको अनुभव |
काठमाडौं । भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई) की प्रबन्ध निर्देशक अंशुला कान्त विश्व बैंकको प्रबन्ध निर्देशक तथा प्रमुख वित्त अधिकृतमा नियुक्त भएकी छिन् ।
विश्व बैंकका अध्यक्ष डेविड मल्पासले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जानकारी दिएका छन्। कान्तसँग वित्त तथा बैंकिङ क्षेत्रको ३५ बर्ष लामो अनुभव छ ।
एसबीआईको प्रमुख वित्त अधिकृतका रुपमा उनले लामो अनुभव सँगालेकी छिन्। नयाँ नयाँ प्रयोग गर्न रुचाउने कान्तले विश्व बैंकलाई पनि नयाँ दिशा दिने बताइएको छ ।
यसअघि भारती मुलको अर्थशास्त्री गीता गोपिनाथ अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमई) की प्रमुख अर्थशास्त्रीमा नियुक्त भएकी थिइन्। विश्व बैंकमा अमेरिकीहरुको वर्चस्व हुन्छ भने मुद्रा कोषमा युरोपेलीहरुको वर्चश्व रहँदै आएको छ ।