पहिरोले घर भत्किँदा बनेपामा दुई जनाको मृत्यु |
काठमाडौं । काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्कँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
बनेपा नगरपालिका ३ नालामा शुक्रबार विहान ११ बजे पहिरोले घर भत्कँदा ५० वर्षिया गोमा दंगाल र ७ वर्षकी सोनीको मृत्यु भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।