घोडिघोडा लघुबित्तको प्राथमिक शेयर बाँडफाँड, करीव साढे १२ हजार आवेदकले पाए १० कित्ता शेयर |

काठमाडौं । घोडिघोडा लघुबित्त बित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयर आज शुक्रबार बाँडफाँड भएको छ ।
१२ हजार चार सय ५९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । संस्थाले एक लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
समुहिक लगानी कोषलाई ६ हजार ६ सय ३० कित्ता र कर्मचारीलाई १३ सय ८० कित्ता छुट्याएर वाँकी रहेको एक लाख ३२ हजार ६ सय कित्ता सर्बसाधारणकोलागि निष्कासन गरिएको थियो ।
उक्त निष्कासनमा दुई लाख ८६ हजार ५५ आवेदन परेको थियो । जसमा ४८ लाख ४८ हजार ८१० कित्ताकोलागि आवेदन परेको थियो ।
चार सय ९० आवेदन रद्ध भएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।