एनआरएन अस्ट्रेलियाको अध्यक्षमा कँडेल निर्वाचित |

एनआरएन अस्ट्रेलियाको सम्पन्न निर्वाचनमा मेलवर्नका केशव कँडेल अध्यक्षमा निर्वाचित भएका छन् भने महासचिवमा ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् ।
कँडेलले प्रतिद्वन्द्वी अन्तरराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेललाई पराजित गरेका थिए । कँडेलले कुल ४ हजार १ सय ४८ मत ल्याएका थिए भने दिनेश पोखरेलले ३ हजार ७ सय ५७ मत ल्याएका थिए । महासचिवमा भने रेग्मीले ४ हजार १ सय ५८, सन्तोष दाहालले २ हजार ५ सय २२, शंकर ढकाल ९ सय ५० मत ल्याएको निर्वाचन समितिका सदस्य डिल्ली ढकालले बताए ।
यस्तै, सचिव पदमा उषा बारिया पोखरेल र कोषाध्यक्षमा अनिल कुमार पोखरेलले जित हात पारेका छन् । उषा बारियाले परेशराज घिमिरे र सरोज पाण्डेलाई हराएकी थिइन् ।
उषाले ३ हजार ४ सय १३ मत, परेशले ३ हजार २ सय १८ मत र सरोज पाण्डेले ९ सय ३१ मत ल्याएका थिए । एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष पदमा भने अनिल पोखरेलले प्रतिद्वन्द्वी कुशल केसी र कपील पाण्डेलाई पराजित गरेका थिए । कोषाध्यक्षमा पोखरेलले ३ हजार ८ सय ४१, कपील पाण्डेले २ हजार ६ सय ५ र कुशल केसीले १ हजार ७० मत ल्याएका थिए । सह कोषाध्यक्षमा लक्ष्मण गोपाली विजयी भएको निर्वाचन समितिका सदस्य ढकालले जानकारी दिए ।
यस्तै, युथ कोर्डिनेटर पदमा भने इरशाद अहमद ३ हजार ४ सय ५१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोद पौडेलले २ हजार ७ सय ८७ मत ल्याएका थिए भने विजय पलले १ हजार ३ सय २८ मत हात पारेका थिए । यस्तै, डेपुटी युथमा द्वारिका दवाडी र युथ सचिवमा सुमन बोहराले जित हात पारेका छन् ।
यस्तै, एनआरएन अस्ट्रेलियाबाट आइसीसी सदस्यहरूमा राजु अधिकारी (३ हजार ४ सय ६८मत), छवि सापकोटा(३ हजार ३ सय ३६), नारायण प्रसाद काफ्ले(३ हजार ८२), अरुण ठाकुर(३ हजार १ सय ४२), दिपक शर्मा( ३ हजार १ सय ५४), सन्तोष कुँवर(३ हजार १) र अशोक केसी(३ हजार ३०)ले जित हासिल गरेका छन् ।