साउन १ गतेबाट इन्टरनेटको शूल्क बढ्दै |
काठमाडौं । आगामी साउन १ गतेदेखि इन्टरनेटको शूल्क बढ्ने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ गतेबाट इन्टरनेट सेवा प्रयोग गरेवापत लिँदै आएको शूल्क बढाउने निर्णय गरेका छन् ।
इन्टरनेट सेवा दिँदै आएका सेवा प्रदायकहरुको छाता संगठन इस्पानले नेपाल सरकारको निर्णय नुसार थप १३ प्रतिशत शूल्क बढ्ने जानकारी गराएको हो । इस्पानले सरकारले २०७६ का लागि ल्याएको आर्थिक विधेयकानुसार थप १३ प्रतिशत शुल्क बढ्ने जानकारी दिएको छ ।
क्लासिक टेकले आफ्ना सेवाग्राहीलाई म्यासेजमार्फत् आगामी साउन १ गतेबाट अहिले लिँदै आएको शूल्कमा थप १३ प्रतिशत दुरुसञ्चार सेवा शूल्क थपिने जानकारी गराइसकेको छ ।
तर, यो शूल्क मोबाइल सेवा प्रदायकहरुले दिँदै आएको मोबाइल इन्टरनेटमा भने लागू हुनेछैन । साथै, नेपाल टेलिकम पनि इस्पान सदस्य नभएको हुँदा टेलिकमको इन्टरनेट सेवामा पनि शूल्क लाग्ने नलाग्ने कुनै निर्णय भएको छैन ।