बीपीसीले २८२ मेगावाटको मनाङमस्र्याङ्दी हाइड्रोपावर किन्योे |
काठमाडौँ । बुटवल पावर कम्पनीले २८२ मेगावाटको निर्माणाधिन जलविद्युत कम्पनी खरिद गरेको छ । कम्पनीले मनाङ जिल्लास्थित मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको प्रोजेक्ट कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रो पावर प्रालीको सम्पूर्ण शेयर खरिद गरेको जनाएको छ ।
उक्त कम्पनीमा रहेको राजरत्न इनर्जी होल्डिङ्स र मस्र्याङ्दी पावर कम्पनीको आठ लाख ८५ हजार ९६० कित्ता शेयर कम्पनीले खरिद गरेको हो । कम्पनीका अनुसार खरिद गरिएको शेयर आफ्नो नाममा कम्पनी रजिस्ट्रार कार्यालय मार्फत अभिलेख समेत गरिसकिएको छ ।
खरिद गरिएको कम्पनीले विद्युत् उत्पादनको अनुमति प्राप्त गरिसकेको र उत्पादित विद्युत् खरिद बिक्री सम्झौताको तयारीमा छ । खरिद गरिएको उक्त कम्पनीमा चिनिया साझेदरलाई भित्र्याउने तयारी समेत कम्पनीले शुरु गरेको छ ।
खरिद गरिएको उक्त कम्पनीमा एससीआईजी इन्टरनेशनल लिमिटेड, जिङ्चिङ् इन्टरनेशनल इन्भेष्टमेन्ट, क्युवाइइसि इन्टरनेशनल र एससीआईजी इन्टरनेशनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट प्रलिलाई संयुक्त लगानीमा भित्राउने तयारी रहेको कम्पनीले जनाएको छ ।