भारतीय तरकारी तथा फलफुलको आयात विषादी जाँच बिनै खुल्यो, विषदी जाँच ६ महिनाका लागि स्थगित |
काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षण नगरिकन नेपाल आयात गरिने सहमति भएको छ । सरकारले नेपाली नाकामा विषादीयुक्त तरकारी तथा फलफुल परिक्षण नगरिकनै नेपाल आयात गर्ने निर्णय गरेको हो ।
सरकारले भारतबाट आयात गरिएका तरकारी तथा फलफुलमा उच्च मात्रामा विषादी रहेको बताउँदै नाकामै उक्त वस्तु रोकेको थियो । तर बिहीबार उक्त वस्तु जाँचविनै नेपाल ल्याउने निर्णय भएकोे छ ।
बिहीबारको मन्त्रीपरिषदको बैठकमा नाकामा विषादी जाँच गर्ने प्रक्रिया ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरिएको हो । सरकारले नाकामा विषादी जाँच गर्नका लागि मेशिन नरहेको बताउँदै उक्त कदम स्थगित गरेको हो ।