नेपाल टोस्टमास्टर्स आक्रामक रुपमा फैलिदै | ६ वटा क्लब थप्यो, यस वर्ष अझै १२ वटा क्लबहरु थप्ने तयारीमा
काठमाडौं । पछिल्ला केहि वर्ष यता नेपालमा टोस्टमासटर्सको मुभमेन्ट बढ्दो प्रवृतिमा छ । अघिल्लो वर्ष १२ क्लबमा रहेको टोस्टमास्टर्सले हाल ६ वटा क्लबहरु थपेर यसको संख्या १८ पुर्याएको छ । हालै थपिएका क्लबहरुमा प्रोफेशनल टोस्टमास्टर्स क्लब, फाउण्डर्स टोस्टमास्टर्स क्लब, गण्डकी टोस्टमाटर्स क्लब, पोखरा टोस्टमास्टर्स क्लब, धरान टोस्टमास्टर्स क्लब तथा बानेश्वर टोस्टमास्टर्स क्लब रहेका छन् । यस वृद्धिसँगै टोस्टमास्टर्स पोखरा र धरानमा पनि विस्तार भएको छ । क्लबहरुको संख्यामा वृद्धिसँगै नेपालमा टोस्मास्टर्स सदस्यको संख्या ५०० भन्दा बढि नाघेको छ ।
नेपाल डिस्ट्रिक ४१ को हिस्सा हो । जुन विश्वकै उत्कृष्ट डिस्ट्रिक मध्यको एक हो । यस विस्तार र डिस्ट्रिकमा बलियो पकडसँगै नेपाली टोस्टमास्टर्सहरुले अन्तर्राष्ट्रिय एक्सपोजर पाईरहेको छ । डिस्टिङ्गुईष्ट टोस्टमास्टर रञ्जीत आचार्य डिस्ट्रिक ४१ को शीर्ष ३ नेतृत्व स्तरमा चयन हुनुभएको छ, जुन भारत (उत्तर भारत, दिल्ली, उत्तर प्रदेश), नेपाल, बंग्लादेश र भुटानमा फैलिएको छ । उनी अब क्लब ग्रोथ डाइरेक्टरको रुपमा काम गरेर समग्र जिल्लाकै क्लबहरुको विकासको निरिक्षण गर्नेछन्, जसमा हाल २१४ क्लबहरु रहेका छन् ।
डिस्टिङ्गुईष्ट टोस्टमास्टर रञ्जीत आचार्यले भने, “यो नेपालमा हामी सबैका लागि निकै प्रतिष्ठित क्षण हो र म चुनाव जितेर यस अवसर प्राप्त गर्न पाउँदा अत्यन्तै खुसी छु । यसले हामीलाई धेरै अन्तरराष्ट्रिय अवसर र अनुभवहरु प्रदान गरेको छ र साथै यो संगसंगै हामीलाई ग्रो र एक्सपांड हुन मद्दत पुर्याउने छ । ”
त्यस्तै डिभिजन “ए” नेपाल अहिले डिस्टिङ्गुईष्ट टोस्टमास्टर सुमन शाक्यको नेतृत्वमा रहेको छ । उनी टोस्टमास्टर्सको नयाँ २०१९–२० अवधिका लागि डिभिजन डाइरेक्टर हुन् । सम्पूर्ण १८ क्लबहरु अहिले ६ वटा एरिया डाइरेक्टरको नेतृत्वमा विभिन्न ६ एरियामा रहेको छ । नेपालले पनि विभिन्न सहरहरुमा आवश्यकता अनुसार क्लबहरु थपेर केहि वर्षमा आफ्नै जिल्ला खोल्ने लक्ष्य लिएको छ ।
नेपालमा टोसटमास्टर्सको मुभमेन्टले कर्पोरेट क्षेत्रमा पनि आक्रमक रुपमा प्रवेश गरेको छ । हालै स्ट्यान्डर्ड चार्टड बैंक र लक्ष्मी बैंकमा दुईवटा कर्पोरेट क्लबहरु रहेका छन् भने सानीमा बैंकमा पनि यहि हप्ता टोस्टमास्टर्स क्लब खोल्ने तयारी भइसकेको छ । त्यस्तै शैक्षिक संस्थाहरुले पनि टोस्टमास्टर्स क्लब खोलेका छन् । रातोबंग्ला स्कुल, रिलायन्स कलेज, काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसुम) ले सफलतापूर्वक क्लबहरु संचालन गरिरहेका छन् भने SIAM कलेजले पनि छिट्टै क्लब खोल्ने योजनामा छ ।
सुमन शाक्यले भने, “ हामी टोस्टमास्टर्सको विकास र मानिसहरुको यसप्रति लगाव देखेर अत्यन्तै खुसी छौं । हामी नेपालमा आफ्नै जिल्ला संचालन गर्न २०२१–२२ सम्म १०० क्लबहरु खोल्ने लक्ष्य बनाएका छौं ।”
यस वर्ष डिस्ट्रिक सम्मेलन “ORATION-2019” गत महिना कोलकतामा सम्पन्न भएको थियो । नेपालका विजेता टोस्टमास्टर्स प्रतियोगीले डिस्ट्रिक फाइनलको विभिन्न वक्त्तित्वकला प्रतियोगिताहरुमा सहभागीता जनाएका थिए । कुसुम टोस्टमास्टर्स क्लबकी टोस्टमास्टर अल्फा मैया शाक्यले डिस्ट्रिक इन्टरनेशनल स्पीच प्रतियोगितामा पहिलो रनर अप अवार्ड हासिल गरेकी छिन् । यो नेपाली टोस्टमास्टर्सले जितेको हाल सम्मकै उच्च अवार्ड हो । हिमालय टोस्टमास्टर्स क्लबकी टोस्टमास्टर एसिरा खनालले स्पीच इभ्यालुयसन प्रतियोगितामा दोस्रो रनर अपको अवार्ड जित्न सफल भएकी छिन् । नेपालका ५२ जना सदस्यहरुले कोलकताको सम्मेलनमा सहभागीता जनाएका थिए ।