श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न एक जना पक्राउ |
काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । तर, यी सबै घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको आशंकामा प्रहरीले १ लाई नियन्त्रणमा लिएसँगै यसको तथ्य सतहमा आउने अपेक्षा गरिएको छ ।