एसईईमा शान्ता चौधरीको बी ग्रेड, करिश्माले ल्याइन ‘बी प्लस’ |

काठमाडौं । यस वर्ष एसईई परीक्षा दिएका सांसद शान्ता चौधरीले बी ग्रेड र नायिका करिश्मा मानन्धरले ‘बी प्लस’ पाएका छन् ।
बिहीबार सार्वजनिक भएको नतिजाअनुसार चौधरीले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।
आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।
त्यस्तै नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् । आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।