प्रकाश सपुत र शम्भु राईवीच ४ बुँदे सहमति भयो, ‘गलबन्दी’मा शम्भु राईको नाम समावेश गरिने |

काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद अन्ततː सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयममा भएको छलफल पछि ४ बुँदे सहमति गर्दै विवाद टुंगिएको हो ।
गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनː संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।
गायक शम्भु राई र प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए ।
शम्भु राईले कानुनी उपचार खोज्दै प्रतिलिपि अधिकारको रजिस्टारको कार्यालयमा दिएको उजुरी फिर्ता लिने सहमति पनि दुई गायकवीच भएको छ ।
यो सहमतिसँगै ‘गलबन्दी’ विवादमा देखिएको शम्भु र प्रकाशको लफडा किनारा लागेको छ ।
हेर्नुहोस् सहमति पत्र
