काठमाडौं महानगरले सवारी पार्किङ शुल्क तोक्यो, बाइकको प्रतिघण्टा २५ र गाडीको ८० रुपैयाँ |

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सवारी पार्किङको शुल्क तोकेको छ । महानगरले दुई पांग्रे सवारी साधनको प्रति घण्टा २५ रुपैयाँ र चार पाँग्रे सवारी साधनको घणटाकै ८० रुपैयाँ तोकेको छ ।
महानगरका अनुसार न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्री शहरी क्षेत्र र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल तथा लैनचौरसम्मको सार्वजनिक बाटो लगायतका तोकिएका स्थानमा सवारी पार्किङ गर्दा यो शुल्क तिर्नुपर्नेछ ।