दाङको मौरीघाटमा रुखमा परेको चट्याङ्ले तीन बालकको मृत्यु |
दाङ । दाङमा चट्याङ्ले तीन बालकको मृत्यु भएको छ ।
मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।