चुम्जुंग गाऊमा हावाबाट बिजुली बल्यो |
काठमाडौं । समुन्द्र सतह बाट ४१०० मिटरको उचाइमा सुक्खा र फुस्रा पहाड बीच रहेको चुम्जुंग गाऊ अहिले उज्यालो भएको छ । मुस्तांगको मुख्य बजार क्षेत्र जोमसोमबाट ६ घण्टाको दुरी मा रहेको चुम्जुंग गाऊ मुस्तांग जिल्लाकै सबै भन्दा उच्च स्थानमा रहेको हिमाली बस्ती पनि हो । जहाँ प्रति सेकेन्ड औसत ८ मिटरको गतिमा हावा लाग्ने गर्दछ । प्रकृतिले दिएको तिव्र गतिको हावा र पारिलो घामबाट निस्केको बिजुलीले चुम्जुंगका घर लगाएत चोकमा समेत बत्ति जडान गरिएका छन् । गाऊका बिधार्थीलाई ध्यानमा राखी श्रब्य दृश्य प्रयोजनका लागि सामुदायिक भवनमा टीभी पनि जोडिएको छ ।
आयोजनाको लागि सिमेंपू फाउन्डेशन, फिनल्याण्ड तथा ईको इनर्जी नामक दात्रिय संस्थाले आर्थिक सहयोग पुर्याएको हो । इनर्जी, इन्भायरोमेन्ट रिसर्च एण्ड डेभलपभेन्ट सेन्टर (EERDC) तथा पिपुल, इनर्जी एण्ड इन्भायरोमेन्ट डेभलपभेन्ट एशोसिएसन (PEEDA) को संयुक्त प्रयासमा यहाँ एक वर्षभित्र विद्युत उत्पादन गरेर गाउलेलाई हस्तान्तरण गरिएको हो । बिजुली आएपछि गाउलेहरु उत्साहित भएका छन् भने जनप्रतिनिधिहरु खुशी नहुने त कुरै भएन ।
इन्द्रधारा बिस्ट
प्रदेश सांसद, गण्डकी
मुस्तांग जिल्ला हावा र घामबाट बिजुली निकाल्नको लागि नेपालकै सबै भन्दा उपयुक्त ठाउँ हो भन्ने कुरा गाउलेहरुले सुन्दै आएको धेरै भएको थियो । एक वर्ष्भित्रै गाऊमा नया टावर ठडियो, निरन्तर घुमी राख्ने पंखा जोडियो । नजिकै घामतिर फर्काएर सोलार पनेल राखियो, तेसपछी गाऊमा बिजुली आयो । अब यो आयोजनाको व्यवस्थापन र संचालन स्थानीय बासिन्दाले नै गर्ने छन् ।
बिराज गौतम
कार्यकारी प्रमुख
पिपुल, इनर्जी एण्ड इन्भायरोमेन्ट डेभलपभेन्ट एशोसिएसन (PEEDA)
EERDC तथा PEEDA ले गाऊलेको घरमा आवश्यक वायरिङ्ग तथा बल्ब समेत उपलब्ध गरिदिएको छ । ४ किलोवाट क्षमताको हाइब्रिड प्रणालीमा ३ किलोवाट सोलार तथा १ किलोवाट वायु उर्जा जोडिएका छन् ।यसबाट चुम्जुंग गाऊका ३७ घरधुरी लावान्वित भएका छन् ।