ओपोद्वारा रेनो १०एक्स हाइब्रिड जुम मार्फत टर्कीका मनोहर दृष्य प्रदर्शित | नेपालमा असार १५ देखि उपलब्ध हुने
काठमाडौं ।ओपो रेनो १० एक्स हाइब्रिड जुम क्यामरासहितको स्मार्टफोन विश्व बजारमा उपलब्ध भइसकेको छ । नेपाली बजारमा आउने तरखरमा रहेको यो फोन अहिले क्यामेराकै कारण चर्चित रहेको छ ।
दक्षिण एसिया लगायत विश्वका अन्य भागमा रेनो सिरिज सार्वजनिक संगै ब्राण्डले उद्योगमै पहिलोको सूचीमा पुनस् थप एक पाइला थप गर्न सफल भएको कम्पनीले बताएको छ । ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अद्भुत भएको कम्पनीको दावी छ ।
ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ । नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।