भारतको राजस्थान सरकारले जेष्ठ नागरिकलाई पशुपतिनाथको निːशुल्क यात्रा गराउने |
काठमाडौं । भारतको राजस्थान सरकारले जेष्ठ नागरिकलाई पशुतिनाथको दर्शन गर्न निːशुल्क यात्रा गराउने भएको छ । त्यहाँको प्रदेश सरकारले नेपालमा रहेको पशुपतिनाथ मन्दिरसँगै ३ धार्मिक गन्तव्यमा जानका लागि निːशुल्क यात्रा लगाउने निर्णय गरेको इन्डिया टुडले समाचार प्रकाशित गरेको छ ।
राजस्थान सरकारले देहरादुन र कलत्ताका लागि पनि निːशुल्क यात्रा लगाउने निर्णय गरेको छ । सरकाले जेष्ठ नागरिकलाई काठमाडौंसम्म निːशुल्क हवाई यात्रा लगाउने छ ।
त्यहाँको सरकारले जेष्ठ नागरिकलाई नौ धार्मिक गन्तव्यमा हवाई यात्रा निːशुल्क गरिदिएको छ । रेलयात्रामा आठ गन्तव्यमा निːशुल्क रहेको छ । यो वर्ष यस्तो सुविका १० हजारले लिएको राजस्थान सरकारले जानकरी दिएको छ ।
धार्मिक गन्तव्यमा निːशुल्क यात्राको सुविधा पाउनका लागि ७० वर्ष माथि हुनुपर्ने छ ।