नेपाल जर्मन चेम्बरमा अनुपबहादुर मल्ल चयन |
काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल चयन भएका छन् । चेम्बरको २५औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन ।
संघको सदस्यहरुमा ज्ञानेन्द्रलाल प्रधान,सन्तोषचन्द्र कुँवर, नरेशलाल श्रेष्ठ, कविन्द्रनाथ ठाकुर, उत्तम भट्टराई, समिकबिक्रम शाह, भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, प्रमोदराज सत्याल, ताइजेस सुन्दरलाल कक्षपति र सुवाशिस थपलिया चयन भएका छन् । साधारणसभा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जर्मन नेपालको ठूलो व्यापारिक साझेदार रहेको बताउँदै अहिले व्यापार घाटा रहेको बताए । उनले विगतमा व्यापार नाफा रहेको मुलुक घाटामा गएकोतर्फ सचेत भएर निकासी बढाउन सुझाब दिए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यूरोपेली मुलुक नेपालमा जलविद्युत, पर्यटन कृषि र पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी छन् । नेपालका लागि जर्मनीका राजदुत रोलाण्ड शेफरले नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको बताए ।