सुरुङभित्र फसेका १७ कामदार निकालियो, सबै सकुशल |
काठमाडौं । विहीबार साँझ ८ बजेदेखि उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको शुख्खा पहिरोमा थुनिएका १७ जना कामदारको उद्धार कार्य सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गएरातिदेखि पहिरोमा थुनिएका सबै जनाको उद्दार गरि अहिले स्वास्थ्य परिक्षण गरिहेको जानकारी दिए ।
सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रमुख भण्डारीले जानकारी दिए । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटना भएको थियो । रातभरी उद्दारमा कठिनाइ भएपनि आज विहान ७ बजे सबैको सहयोगले सफल भएको प्रमुख भण्डारीले बताए ।