साउनदेखि आन्तरिक ढुवानीमा अनलाइन ट्रयाकिङ सिस्टम शुरु गरिने |
काठमाडौं । देशभित्रको ढुवानी सहज हुने भएको छ । राजस्व अनुसन्धान विभागले चेकपोष्ट हटाएर अनलाइन ट्रयाकिङ सिस्टम ल्याएसँगै भौतिक पोष्ट हट्ने भएका हुन् । विभागले असार १ देखि परीक्षणाका रुपमा लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम साउन १ गतेदेखि अनिवार्य रुपमा लागू हुने छ ।
राजस्व चुहवाटलाई नियन्त्रण गरी वैध व्यापारलाई सहज बनाउन यो सिस्टम ल्याइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । यसबाट चुहावटको सम्भावना न्यून हुने उनको दावी छ ।
यो प्रणाली लागू भएपछि ढुवानी गर्नेले एक ठाउँबाट अर्को ठाउँमा जाँदा अनलाइन इन्ट्री गर्नुपर्ने छ। सिस्टमबाट जेनेरेट भएको कोडकै आधारमा प्रत्येक विन्दुमा क्लियर हुने छ । विभागको वेबसाइटमा रहेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम पोर्टलमा गएर व्यवसायीले दर्ता गर्नसक्ने छन् । त्यसबाट उनले आफ्ने सामानको सबै विवरण राख्नुपर्ने छ ।