चीनमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १३, मृतकको संख्या बढ्नसक्ने |
चीन । चीनमा सोमबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार हालसम्म करिब २ सय मानिस घाइते भएका छन् ।
देशको सिन्चुआन प्रान्तमा मंगलबार राति ६ म्याग्नेच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । भूकम्पको धक्का स्थानीय समयानुसार राति १०ः५५ मा महशुस गरिएको थियो ।
भूकम्प लगत्तै चिनियाँ अधिकारीहरुले खोजी तथा उद्धार कार्य शुरु गरेका थिए । सो घटनापछि राष्ट्रपति सी चिन पिङले दुःख व्यक्त गर्दै उद्दारमा खटिन सम्बन्धित सबै अधिकारीहरुलाई निर्देशन दिएका थिए । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइ सकिएको जनाएको छ ।
यिविनका नगरका कार्यकारी अधिकृत ली टिंग्गिनले चांग्निङमा ९ जना र गोंगसियन काउन्टीमा ४ जनाको मृत्यु भएको जानकारी दिए । नगरका आपतकालिन उद्दार तथा व्यवस्थापन व्युरोका कार्यकारी निर्देशक ली ताइमिनले केही दुर्गम स्थानहरुमा समेत भूकम्पले क्षति पुुर्यानएको र ती स्थानहरु सञ्चार सम्पर्कबाट टाढा रहेकोले पनि मृतक र घाइतेहरुको संख्या बढ्नसक्ने बताए ।
भूकम्पका कारण सिचुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ। भूकम्पले १ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका र १२ हजार ७ सय घरहरु क्षतिग्रस्त भएका समेत बताइएको छ ।