नेपाल पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको उपलब्धिहरुको बारेमा प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष महेशकुमार गरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै गत आवमा कुल मनाफा करिब १ दशमलव ५५ अर्ब गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि बार्षिक साधारण सभामा पेस गरेका थिए ।
कम्पनीले बीमाशुल्क ४ अर्ब २३ करोड संकलन गरी खुद मूनाफा १ अर्ब गरेको छ । त्यस्तै बीमाकोष १ अर्ब ११ करोड, लगानीमा ९ अर्ब १९ करोड, शेयरहोल्डर फन्डमा १० अर्ब ५१ करोड, खुद दाबी भुक्तानी १ अर्ब ६ करोड रहेको छ भने कम्पनीको कुल सम्पत्ति १३ अर्ब ३ करोड र प्रतिशेयर आय २०.११ रुपैयाँ रहेको छ ।