नाटा र एनसीएचएलबीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता |
काठमाडौं । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल्र) बीच नाटाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा नाटाका अध्यक्ष सीएन पाण्डे तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
उक्त साझेदारी अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् ।
ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई डब्लुडब्लुडब्लु कनेकिटप्स डट कम अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाटालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।
नाटाको पचास बर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेत्रको विकास र नेपालको ट्राभल बिजिनेस विस्तार सम्बन्धी कार्यहरु गर्न विषेश ध्यान पुर्याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरुलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पुर्याउँदै आइरहेको छ ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपालक्लियरिङ्ग हाउस लिमिटेडले हालसम्मविद्युतीय माध्यमबाट चेकको राफसाफगर्ने प्रणाली एनसीएचएल ईसीसी अन्तरबैंक विद्युतीय भुक्ताानी प्रणाली (एनसीएचएल आईपीएस) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।