आजदेखि काठमाडौं उपत्यकामा रात्रीकालिन बससेवा, राती ९ बजेदेखि १ बजेसम्म बस चल्ने |

काठमाडौं । यातायात व्यवस्था विभागले विभिन्न यातायात कम्पनीसँग मिलेर काठमाडौं महानगरमा रात्रीकालिन बस सेवा संचालन गर्ने भएको छ ।
आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा राती ९ बजेदेखि रात्रीकालिन बससेवा संचालन हुने विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए ।
अहिले ८ बजेसम्म सार्वजनिक यातायात संचालन हुनेछ । महानगरमा रात्रिकालिन सार्वजनिक यातायात संचालन नहुँदा महानगरवासी समस्यामा पर्दै आएका थिए । रात्रीकालिन बस सेवाको भाडादर पचास प्रतिशत महँगो हुनेछ । विभागका अनुसार चार किलोमिटरसम्मको यात्राका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ ।
