एनआईसी, एनसीसी र कामना सेवा बैंकले मागे कर्मचारी |
काठमाडौं । एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कमर्स ‘एनसीसी’ बैंक र कामना सेवा विकास बैंकले उच्च तहदेखि सहायकस्तरसम्मका कर्मचारी माग गरेका छन् ।
एनसीसी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कम्तिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकमा कम्तीमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्छ । कम्तिमा दुई वर्ष उच्च व्यवस्थापकिय भुमिकामा रहेर काम गरेको हुनु पर्ने मापदण्ड बैंकले राखेको छ ।
बैंकले सहायक सिइओ सँगै एक जना सहायक महाप्रवन्धक, सुदुर पश्चिममा काम गर्ने गरि दुई जना एसिस्टेन्ट म्यानेजर र स्नातकोत्तर गरेका १० म्यानेजमेन्ट ट्रेनीको लागि विज्ञापन खुला गरेको हो । योग्य आवदेकले असार ११ गतेसम्ममा आवदेन दिन सक्ने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले एक जना डेपुटी जनरल म्यानेजर पदमा लागि एक जना डेपुटी चिफ रिस्क म्यानेजर र एक जना डेपुटी हेड अफ इन्टर्नल अडिटमा कर्मचारी माग गरेको हो । सिनियर अफिसर पदका लागि पनि १४ जना कर्मचारी आह्वान गरिएको छ । डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि उपत्यका भित्र एक जना र उपत्यका बाहिर ५ जना कर्मचारी माग गरिएको छ ।
अफिसर पदको इन्टर्नल अडिटका लगि ५० जना कर्मचारी माग गरिएको छ । त्यस्तै जुनियर अफिसर पदका लागि ६ जना कर्मचारी मागेको छ । सहायक स्तरको पदका लागि पनि दुई जनाको विज्ञापन खुला गरिएको छ ।
म्यानेजर स्तरको पदका लागि कम्तिमा स्नातकोत्तर गरि ५ देखि १० वर्षको कार्यानुभव हुनु पर्नेछ । साथै अफिसर स्तरको पदका लागि स्नातकोत्तर गरि कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । योग्यता पुगेकाहरुले असार ११ गतेसम्ममा अनलाइनबाट आवेदन दिन सक्ने छन् ।
कामना सेवा विकास बैंकले पुराना तथा नयाँ १८ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर पदमा विज्ञापन खुला गरेको छ । ब्रान्च म्यानेजरका लागि कम्तिमा पनि तीन वर्षको कार्यानुभब हुनु पर्नेछ । रिलेसनसिप म्यानेजर पदका लागि पनि नया तथा पुराना १३ शाखा कार्यालयका लगि कर्मचारी माग गरिएको छ । २८ वटा शाखा कार्यालयको लागि सर्भिस म्यानेजरको विज्ञापन खुला गरिएको छ । बैंकले शाखा कार्यालय तोकेरै ६९ जना कर्मचारी माग गरेको हो ।
बैंकले कानुनी विभागका लागि सहायक स्तरका केही कर्मचारी माग गरिएको छ । बैंकले ट्रेनीका लागि केही कर्मचारी माग गरेको छ । ईच्छुक आवेदकले असार ११ गतेसम्ममा आवदेन दिन सक्ने बैंकले जनाएको छ ।