टीभीएस ‘स्टाइकर’ मेलामा नयाँ योजना |
काठमाडौं । नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस स्टाइकर’ मेला आयोजना गरेको छ ।
मेलामा सुपर स्टार निखिल उप्रेतीसँग भेट्ने मौका रहेको कम्पनीले जानकारी दिएको छ । जगदम्बा मोटर्सले बिरगंजको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगडको माअजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो मार्फल शोरुम नजिकैको स्थानबाट मेला आयोजना गर्ने जनाएको छ ।
मेला जेठ ३१ गतेबाट असार ३१ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । मेलामा टीभीएस स्टाइकर १२५ सीसीको खरिद फाइनान्स र एक्सचेन्जको माध्यमबाट गर्न सकिने छ । यो मेलामा खरिद गर्ने ग्राहकलाई २ वर्षसम्म कर फ्रि तथा रेनकोट उपहार दिने छ ।
मेलाबाट ४ सय स्टाइकर १२५ स्कुटर बेच्ने कम्पनीको लक्ष छ ।