क्रिकेट हेर्न स्टेडियम पुगेका बिजय माल्या बिरुद्ध नाराबाजी, गली गलीमे शोर है माल्या चोर है |
किङफिसर ब्राण्डका मालिक भारतीय ब्यापारी बिजय माल्या क्रिकेट हेर्न लण्डलको ओभल पुग्दा लज्जास्पद हुँदै बाहिरिनुपरेको छ । भारत र अष्ट्रेलियाको वल्र्ड कप म्याच हेर्न आइतबार लण्डनको ओभल स्टेडियम पुगेका माल्यालाई भारतीय दर्शकको एक समूहले धेरै बेर हुटिङ गरे ।
उनलाई एक समूहले घेरेर ुमाल्या मेरा पैसा देु, ‘चोर हे चोर हे गली गली मे शोर है बिजय माल्या चोर है’ भन्दै हुटिङ गरेका थिए । उनी गेम सकिएपछि फर्कन कारतर्फ अघि बढुन्जेलसम्म पनि सो भारतीय समूहले उनी बिरुद्ध नाराबाजी गरिरहे । उनी पछाडि फर्किएर हेर्दै केही मानिसलाई धन्यवाद भन्दै अघि बढेका थिए ।
उनले केही मानिसलाई धन्यवाद दिएकोमा एकजनाले ‘मानव बन, आफ्नो देशसँग माफी माग’ भनेका थिए, जसको जवाफ माल्याले दिएनन् । माल्याले आफू देश छोडेर भागेको अस्वीकार गर्दै आएका छन्। उनले आफू भारतीय बैंकहरुको सबै पैसा तिर्न तयार भएको बताउँदै आएका छन् ।
माल्यामाथि भारतका १३ वटा बैंकको ऋण नतिरी बेलायत भागेको आरोप छ । एसबीआई बैंकले नेतृत्व गरेको १३ बैंकको टोलीले उनीमाथि ऋण असुलीको मुद्दा दायर गरेका छन् ।
भारतले बेलायत सरकार समक्ष सन् २०१७ मा माल्याको सुपुर्दगीका लागि फाइल गरेको थियो । हाल उनी धरौटीमा रिहा भइ बेलायतमा बस्दै आएका छन् ।