एनआरएन महिला फोरम चीन गठन |

चीनमा रन्जिता आचार्यको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएन) को नौ सदस्यीय महिला फोरम गठन भएको छ ।
नवगठित फोरममा सविता बर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा। करुणा राई, डा। कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल सदस्य चयन भएको संघका महासचिव सुशील वेल्बासेले जानकारी दिए । यस्तै, अमृता थापा (कञ्चन) र खुश्बु अग्रवाल सल्लाहकार चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएन चीनका अध्यक्ष सुदेशकुमार झाले सबै सदस्यहरूलाई मनोनयन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ हङ्गकङ्ग अध्यक्ष टिका गुरुङ्ग, गैरआवासीय नेपाली संघ मकाउ अध्यक्ष शान्तिदेवी अधिकारी एवं ग्वान्जौ स्थित नेपाली महाबाणिज्य दुतावासबाट रक्षा पोखरेल विशेष अतिथिको रुपमा उपस्थित थिए ।
नेपालको दुर्गम गाउँमा सिलाई मशिन पठाउन आफ्नो तर्फबाट पचास हजार रुपैयाँ (तीन हजार युआन) बुझाउदै अध्यक्ष आचार्यले महिला फोरमको कोष शुरु भएको घोषणा गरिन् ।