हुण्डाई फेष्टिभ डिलाइट अफर योजना अन्तर्गत बद्रिकुमार जिते क्रेटा, भावना जितिन आइ२० एक्टिभ उपहार |
काठमाडौं । हुन्डाई अटो मोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको लक्की ड्रमा दुई जनाले कार जितेका छन् ।
लक्की ड्रमार्फत एक जनाले क्रेटा र अर्कोले आइ२० एक्टिभ कार जितेका हुन्। कम्पनीले हुण्डाई फेष्टिभ डिलाइट २०७५ आयोजना गरेको थियो ।
लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्कालाई क्रेटा र भावना केसीलाई आइ२० एक्टिभको साँचो हस्तान्तरण गरेका छन् । लक्की ड्रको विजेताहरुको छनौट ५ मेमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । लक्कीड्रबाट १० ग्राम सुन १०० जनाले जितेका थिए ।
हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी उपलब्ध छन् । कम्पनीका देशभरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु छन् ।