रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ शेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्ति |
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए