सामसुङको क्रिकेट वल्र्डकप लक्षित योजना, टीभी किन्दा ४४ प्रतिशतसम्मको क्यासब्याक |
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स नेपालले आईसीसी क्रिकेट वल्र्डकप २०१९ को उपलक्ष्यमा सामसुङ टीभीमा “अनवक्स म्याजिक विथ एभरी हिट” ९ग्लदयह ःबनष्अ धष्तज भ्खभचथ ज्ष्त० योजना प्रस्तुत गरेको छ ।
यस अफर अन्तर्गत सामसुङका टीभीको खरिद गर्दा ४४ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
यस क्याश ब्याक अफरमा, ग्राहकहरुले काठमाडौँका सामसुङ प्लाजामार्फत टीभी खरिद गरि सरल किस्तावन्दीको सुबिधा समेत प्राप्त गर्न सक्नुहुनेछ । सरल किस्तावन्दी सुविधा १२ महिना अवधिको हुने कम्पनीले उल्लेख गरेको छ ।
सामसुङ टीभीको खरिदमा २ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नुहुनेछ । जस अन्तर्गत टीभी मा १ वर्षको सम्पूर्ण वारेन्टी र थप १ वर्षको वारेन्टी सुविधा प्यानलमा मात्र प्राप्त हुने बताईएको छ ।
यो अफर यही जेठ १८ गतेदेखि लागू भई असार ३० गते सम्म रहने कम्पनीले जनाएको छ ।