रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, बजार मूल्य ५ लाख १५ हजार रुपैयाँ |
काठमाडौं । रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल मोडल नेपालमा सार्वजनिक गरेको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले क्लासिक ३५० सीसी गनमेटल ग्रे नेपाली उपभोक्तामाझ ल्याएको हो ।
गनमेटल ग्रे बीएस आईभी इन्जिन र रियर डिस्कब्रेक भएको आकर्षक तथा शक्तिशाली मोटरसाइकल हो । यो मोटरसाइकल स्पोर्टि लुक र म्याट फिनिससहित उपलब्ध छ । कम्पनीले रोयल इनफिल्ड ३५० सीसी नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड रहेको दाबी गरेको छ ।
नयाँ मोटरसाइकलमा बीएस आई भएका कारण यसमा पहिलेको मोडलझैं घाममा पेट्रोल उड्ने समस्या अन्त्य भएको दाबी कम्पनीको छ । साथै, सिटि राइड ह्यान्डल, प्रदुषण नियन्त्रण, बढेको औसत माइलेजले पनि यो मोटरसाइकललाई अरुभन्दा विशिष्ट बनाएको छ ।
रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको ब्रिटिस मोटर साईकलहरुको स्मरण गराउँछ । इनफिल्ड हेडलाइट केसिङ, ओभल टुल बक्स, एग्जहस्ट फिन्स, स्पिडोमिटर डायल, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्ली र हेडलाइड क्यापको फिचरमा देख्न सकिन्छ । यो मोटरसाइकलमा हाल थपिएको रिय डिस्क ब्रेकका कारण टुरिङ, दैनिक राइडिङका लागि सुरक्षित भेैरहेको रोयल इनफिल्ड अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त रहेको दाबी गरेको छ ।
रोयल इनफिल्ड क्लासिक ३५० सीसी गनमेटल ग्रे विथ रियर डिस्क ब्रेक केही समयका लागि ५ लाख १५ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । यो मोटरसाइकल विवेक अटोमोबाइल्सका १९ वटै शाखा तथा डिलरमार्फत् खरिद गर्न सकिने छ ।