आज सार्वजनिक विदा, इद उल फितरमा विदा दिने गृहमन्त्रालयको सूचना |

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रमा बुधवार सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले बुधवार फित्र परेको भन्दै विदाको सूचना प्रकाशित गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका थिए । बुधबार सरकारी कार्यालय र निजी बैंक तथा वित्तिय संस्था समेत बन्द हुनेछन् ।
