हिमालयन हाइड्रो पावरले साढे २२ करोडको शेयर निष्काशन गर्ने |

काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्काशनका लागि कम्पनीले जनता क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले कुल शेयरमध्ये ९ लाख कित्ता परियोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दालाई छुट्याएको छ । शेयर निष्काशन सम्बन्धि सम्झौतापत्रमा कम्पनीका सञ्चालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलका कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।