ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो |

काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधित पहिचान प्रस्तुत गरेको छ ।

डच कलाकार रिक बर्कलमन्स
स्मार्टफोनमा नवप्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ ब्राण्ड पहिचान निर्माणका लागि न्यूयोर्कको पेन्टाग्रामका ख्याती प्राप्त डिजाइनर, एडी ओपारासंग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड पहिचानले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल र सममित लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशिलताका लागि पर्याप्त स्थान दिइएको छ । ईमेजरीमा नयाँ रंग प्रणाली (कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । नयाँ ब्राण्ड ईमेजले ओपोको वैश्विकस्तरमा बृद्धि र बढ्दो पहुँचको प्रतिनिधित्व गर्दछ ।

अमेरिकन फेशन आर्टिस्ट डेक्यू वू
नवप्रबर्तन तथा श्रजनशीलताका लागि निरन्तर्ताका साथै ओपोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिजपनि सार्वजनिक गर्ने तयारी गरेको छ । श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकासित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिल यूवा ट्रण्डसेटर्स लक्षित फोन हो ।

चीनिया कलारका फेई
ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यही भिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा ‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशिलताको शक्ति दर्शाउने प्रयास गरेको छ ।

पेन्टिङमा रुचि भएका लेखक, जर्ज वाइलसल
ओपोद्वारा वैश्विक समुदायका लागि विकसित उत्पादन सिरिजका रुपमा रेनो, ओपो सञ्चालनमा रहेका सबै बजारमा उपलब्ध गरिनेछ । चीन र यूरोपमा सार्वजनिक पश्चात प्राप्त अतुलनिय मायाँ र सराहना पश्चात नेपाली बजारमापनि ओपो रेनो सार्वजनिकका लागि तयार छ ।

क्यारोल ज्याङ, ओपोका डिजाइनर

la|l6; snfsf/ a|]6 /fO8/