अब बिदेशमा गर्ने काम अनलाइनबाटै छान्न पाइने |
काठमाडौं । बैदेशिक रोजगारमा जान चाहनेले आफ्नो काम अनलाइनबाटै छान्न सक्ने ब्यवस्था मिलाइएको छ ।
कामको प्रकृती, पारिश्रमिक, श्रमिक पठाउने जिम्मा पाएको कम्पनी सबैका बारेमा सिधै https://foreignjob.dofe.gov.np मा हेर्न सकिने विभागका महानिर्देशक भिष्मकुमार भुषलले जानकारी दिए ।
यो प्रविधिले विभिन्न एजेन्ट मार्फत धेरै शुल्क असुल्ने, पारिश्रमिक फरक पर्ने, काम फरक पर्ने, पठाउने कम्पनी थाहा नहुने लगायतको समस्या हल हुने विभागको भनाई छ ।
पारिश्रमिकमा ठगिने, तोकिएको भन्दा धेरै समय काम गर्नुपर्ने, तोकिएको सेवा सुविधा नपाउने लगायत समस्या यो प्रविधिले हटाउने भुषलको दाबी छ ।