एप्पलको नयाँ आइप्याड टच बजारमा, मूल्य १८ हजार ९ सय (भारु) |
काठमाडौं । एप्पलले नयाँ आइप्याड टच लन्च गरेको छ । जसमा ए १० फ्यूजन चिपको प्रयोग गरिएको छ । यसमा प्रयोगकर्ताले ग्रुप फेस टाइमको फिचरको प्रयोग गर्नसक्ने छन् ।
आइप्याड टच तीन स्टोरेज भेरियन्टमा ल्याइएको छ । यी बिभिन्न किसिमका आइप्याडमा ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्पेस रहेको छ । तीनै भेरियन्टको बजार मूल्य १८ हजार ८ सय रुपैयाँ (भारु), २८ हजार ९ सय रुपैयाँ (भारु), र ३८ हजार ९ सय रुपैयाँ ( भारु) रहेको छ ।
यो आइप्याड ६ बिभिन्न रंगहरुमा उपलब्ध छ । यसमा स्पेस ग्रे, ह्वाइट, गोल्ड, पिंक, ब्लू र रेड कलर रहेका छन्। नेपालमा यो फोन कहिले सार्वजनिक गर्नेबारे भने पुष्टि भइसकेको छैन्। जुनको पहिलो हप्ता यसलाई भारतमा सार्वजनिक गर्नसकिने जनाइएको छ ।
यसमा ४ इन्चको डिस्प्ले र दुई ओटा क्यामरा दिइएका छन्। यसमा पछाडिको क्यामराको क्षमता ८ मेगाफिक्सल र अगाडिका क्यामरा १।२ मेगाफिक्सल रहेको छ ।
यसमा प्रयोग भएको १० फ्यूजन चिप गेमिङ पर्फमेन्सलाई बडाउने कम्पनीको भनाइ छ ४ वर्षको अन्तरालमा एप्पलले नयाँ आइप्याड लन्च गरेको हो । यो भन्दा पहिला जुलाई २०१५ मा आइप्याडको छैटौँ जेन्रेसर लन्च गरेको थियो ।