कृषि उत्पादनका लागि परियोजना धितोमै ऋण, कृषि आयात नियन्त्रण गरिने |

काठमाडौं । मध्यम खालका कृषकलाई परियोजना धितोमा नै ऋण दिइने कुरा बजेटमार्फत घोषणा गरिएको छ । यो ऋण साना किसान विकास बैंकबाट उपलब्ध हुने छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तु गर्दै यसका लागि एक अर्ब छुट्याएको बताएका छन् । कौशी खेतीलाई पनि प्रोत्साहन गर्ने उनले बताए ।
कृषिसँग सम्बन्धि आयातलाई नियन्त्रण गर्ने उनले घोषणा गरेका छन् । सामूहिक खेतीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने खतिवडाले बताए ।